अनेसास कोलोराडो च्याप्टरद्वारा प्रस्तुत प्रकाश श्रेष्ठ साङितिक साँझ सफलतापुर्वक सम्पन्न
आचार्य प्रभा, डेन्वर कोलोराडो, जनवरी ९ - अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरद्वारा प्रस्तुत "प्रकाश श्रेष्ठ साङितिक साँझ "यही जनवरी ८ तारिख शनिबारका दिन सफल्ता पुर्वक सम्पन्न भयो । कार्यक्रमको उद्घोषण साबु गदाल कार्कीले गर्नु भएको थियो । उक्त कार्यक्रमको थालनी स्वदेश गान "यो नेपाली शिर उचाली"भन्ने गीतमा अनिषा गुरुङ र अनिता खत्रीले न्रित्य प्रस्तुत गरेर गर्नु भएको थियो । कार्यक्रममा पहिलो साँगीतिक/गायन प्रस्तुती एकताका नेपालमा निक्कै चर्चित भएर युवाहरुको मन जित्न सफल गायक सरोज दत्तले आफ्ना गीतहरु "जूनी जूनीलाई ""चिसो पानीमा"जस्ता गीतहरु कोशेली स्वरूप प्रस्तुत गर्नु भएर दर्शकहरुलाई निक्कै रोमान्चित बनाउनु भएको थियो भने गायक सरोज दत्तको गीती यात्रा बारेमा उद्घोषिका साबु गदालले चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा बिभिन्न कलाकारहरुले न्रित्यहरु पनि प्रस्तुत गरिएको थियो । न्रित्य प्रस्तुत गर्नुहुनेहरुमा "आज हाम्रो भेट भको दिन " मा सन्दिप धानुक,पवन विश्वाकर्मा,प्रज्वलिता शर्मा,प्रितिना श्रेष्ठ,"गोली शिशाको" बोलको गीतमा प्रज्वलिता शर्मा र सन्दिप धानुक हुनुहुन्थ्यो भने एकल न्रित्यमा "आज बार्ह हाते पटुकी" बोलको गीतमा सहारा कार्की र "आहा बनमा फुल्यो फूलै फूल"मा सलोना सिग्देल र "त्रिशुली बगेर नारायणीमा झरेछ" बोलको गीतमा पवन विश्वकर्मा र रश्मी थापा हुनुहुन्थ्यो।
स्थानीय कलाकारहरुद्वारा प्रस्तुत न्रित्यहरुले दर्शकहरुलाई निक्कै मनोरन्जन दिएको थियो । कार्यक्रमकै शिल्शिलामा गायक प्रकाश श्रेष्ठलाई अ.ने.सा.स.का केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदालले स्वागत तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो भने अ. ने. सा. स. कोलोराडो च्याप्टरकी सचिव तारा अधीकारीले फूल अर्पण गर्नु भएको थियो ।
कार्यक्रमको अर्को प्रस्तुतिमा अ.ने.सा.स कोलोराडो च्यापटरका अध्यक्ष पदम विश्वकर्माले सहयोग गर्नु हुने सबै संघ,संस्था,कलाकारहरु र स्थानीयबासी सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो। कार्यक्रमको दोश्रो प्रस्तुतिमा सदाबहार गायक प्रकाश श्रेष्ठले आफ्ना पुराना सदाबहार गीतहरु "सफल तिम्रो त्यो जिन्दगीलाई" देखी लिएर फिल्मका चर्चित गीतहरु गाएर दर्शकहरुलाई मुग्ध बनाउनु भएको थियो । वहाँको प्रस्तुतिमा युवाहरु नाँचीरहेका थिए भने वहाँका समकालिन श्रोता र दर्शकहरु पुराना सम्झनामा झुमी रहेका थिए ।
त्यस्तै चार /पाँच बर्षका बच्चाहरु पनि वहाँसँगै स्टेजमा नाँचीरहेका थिए। यो द्रिश्य बडो रमाइलो थियो। कार्यक्रमका प्रायोजक कान्तिपुर टेलिभिजन अमेरिकामा प्रसारण बारे टिप्पणी गर्दै उद्घोषिका साबु गदालले अन्य प्रायोजकहरुलाई पनि धन्यवाद ज्ञापन गर्नु भएको थियो। कार्यक्रमको अन्तिममा अध्यक्ष पदम विश्वकर्माले सम्पूर्ण प्रायोजकहरु र सहयोगकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम टुँगिएको अवगत गराउनु भएको थियो
सभार: mydcnepal.com
कोलोराडो प्रतिनिधी / डिसेम्बर २७/अ.ने.सा.स कोलोराडो च्याप्टरको नियमित हुँदै आइरहेको "कबी गोष्ठी" कार्यक्रम यही शनिबार २५ तारिखको दिन शैलेस पोख्रेल तथा नम्रता अधिकारीको आतिथ्यमा वहाँहरुकै निवासमा सम्पन्न भयो । कार्यक्रम संचालक अध्यक्ष पदम विश्वकर्मा बाट थालनी भएको उक्त कार्यक्रममा कबिगोष्ठीको श्रीगणेश अस्वस्थ्य अवस्थामा क्यालिफोर्नियामा रहेकी आचार्य प्रभाबाट फोनबाटै कबिता बाचन गरियो भने अन्य कबिता बाचन गर्नु हुने कबिहरुमा कमल भट्टराइ,बासुदेव खनाल,निर्मल प्याकुरेल,दीपक शर्मा बजगाइँ,पदम विश्वकर्मा,डा बिजय राज शर्मा,सम्झना आचार्य,सरला मिश्र,प्रमिला शर्मा,मिना पौडेल,बिजय देव अधिकारी,तारा अधिकारी,अन्जनी प्याकुरेल,अन्तरराष्ट्रिय साहित्य समाजका अध्यक्ष ज्ञानेन्द्र गदाल,श्याम नेपाल,नम्रता अधिकारीले बाचन गर्नु भएको थियो भने राजु सिटौलाले आगन्तुक गजल ( शुसिल ताम्राकारद्वारा रचित )पाठ गर्नु भएको थियो । उक्त कार्यक्रमका तस्बिरहरु आफ्ना क्यामेरामा कैद गर्न सहयोग गर्नु हुनेमा रबी कार्की र भिडियोमा सहयोग गर्नुहुने नियमित सहयोगी श्री शैलेस पोख्रेल हुनुहुन्थ्यो । यसरी कोलोराडोमा नेपाली साहित्यलाई सदाबहार बनाइ नेपाली भाषाको जगेर्ना र दिर्घजिवी बनाउन अ.ने.सा.स कोलोराडो च्याप्टर प्रयासरत छ र स्थानिय साहित्यानुरागीहरुले पनि यो कार्यक्रमलाई अझ टेवा दिएर कलमजिवीहरुलाई प्रेरणा दिन आ-आफ्नो तरिकाबाट प्रयासरत हुनुहुन्छ । यस्तै यस पटकको कार्यक्रममा पनि साहित्यानुरागीहरु राम बहादुर बि.क र अच्युत मिश्रले आफ्नो उपस्थिती जनाउनु भएर लेखकहरुलाई अझ लेखन क्षेत्रमा अघि बढ्न उर्जा दिनु भएको थियो । नियमित कबी गोष्ठी कार्यक्रमले कोलोराडोको माटोलाई नेपाली भाषालाई जिवन्त र साहित्यमय बनाउनेछ यही आशा र शुभकामना ।
आचार्य प्रभा
साभार: PrabasiNepali.com
प्रभा आचार्य, कोलोराडो - नोभेम्बर २७ अनेसास/कोलोराडो च्याप्टर अन्तर्गत नियमित कार्यक्रम "साहित्यिक यात्रा" कबि गोष्ठी आचार्य प्रभाको आतिथ्यमा कबि केशब आचार्य /प्रत्एक महिनाको अन्तिम शनिबार हुने यो कार्यक्रम आचार्य प्रभाको कोठामा सम्पन्न भयो । कोठाबाट शुरु गरिएको यो यात्रा बिगतदेखी प्रत्एक साहित्यनुरागीहरुका कोठाबाट शुरु भएको हो र भविष्यमा पनि यस्लाई यसरी नै निरतन्तरता दिने लक्ष रहेको छ । अनेसास कोलोराडो च्याप्टरका नव नियुक्त अध्यक्ष श्री पदम विश्वकर्मका अनुसार यो यात्रालाई अझ ब्रिहत र दिर्घ रूप दिइे अनवरत रूपमा लैजाने बिचार प्रकट गर्नु भयो । त्यस्तै गरेर अग्रज विद्वान डा बिजय राज शर्माले पनि यो यात्राले कोलोराडोलाइे साहित्यिक क्षेत्रमा अटुट योगदान दिएको र यस्लाई दिर्घ राख्न सबैको पहल र योगदान हुनुपर्छ भन्ने धारणा ब्यक्त गर्नु भयो । यो यात्राको मुख्य उदेश्य लेखन क्षेत्रमा रुची राख्ने र साहित्यमा आफुलाई समर्पित गराउनेहरुलाई अझ प्रेरणा दिनु हो । बिगतदेखी यो यात्राले धेरै नयाँ अनुहार साहित्यिक हात र मनहरुलाई समेट्दै आएको छ । त्यस्तै गरेर प्रत्एक संघ संस्थालाई आफ्नो क्यामेरामा तस्बिरहरु कैद गरेर सहयोग गर्नु हुने फोटोग्राफर शैलेस पोख्रेल ज्युले पनि यस कार्यक्रममा तस्बिरहरु लिइेदिनु भएर यो यात्रालाई पूर्ण रूपमा सहयोग गर्नु भएको छ । कोलोराडो च्याप्टरको नयाँ कार्य समितीको यो नयाँ साहित्यिक यात्रा भए पनि यस्मा अपेक्षा गरे अनुसार नै कबि कबयित्रिहरुको सहभागिता थियो ।कबिता बाचन गर्नेहरुमा डा बिजय राज शर्मा, प्रमिला शर्मा, सम्झना आचार्य, बासुदेव खनाल, राजु सिटौला, केशब आचार्य, नम्रता अधीकारी, कुमार जंग कार्की, पदम विश्वकर्म र आगन्तुक कबिताहरु बाचन गर्नेहरुमा भिष्म प्रधान (कबि अरुण तिवारीको रचना ) आचार्य प्रभा (कबि खगेन्द्र लिम्बु )(गजलकार कथाकार मनु ब्राजाकी जो अस्वस्थ्य अवस्थामा रहनु भएको छ ।
वहाँको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै )वहाँको गजल र आफ्नो रचना बाचन गर्नु भएको थियो । यो यात्राको अर्को उदेश्य विश्वभर छरिएर रहेका कबि लेखकहरुका रचनाहरु पनि समयले पाबन्दी नदिएसम्म पाठ गर्ने रहेको छ ।यो यात्राले (अमेरिका) कोलोराडोको भूमिमा पनि नेपाली साहित्यलाई उर्वर बनाओस भन्ने आशाका साथ् निरन्तरताको कामना र नयाँ कमिटीलाई निस्वार्थ र स्वच्छ ढंगले साहित्यिक यात्रालाई अघी बढाउन सबैको शुभकामना रहेको छ ।
सभार: mydcnepal.com
साभार: nepalisrael.net
अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरको मासिक कबी गोष्ठी कार्यक्रम सफल्ता पूर्वक सम्पन्न

अनेसास कोलोराडो च्याप्टर अन्तर्गत "साहित्यिक यात्रा" कबि गोष्ठी सम्पन्न

अनेसास,कोलोराडो च्याप्टरद्वारा आयोजित १०१औं देवकोटा जयन्ती सम्पन्न
ए1न्यूज क्लोराडो आचार्य प्रभा
महाकबि स्व. लक्ष्मी प्रसाद देवकोटाको १०१ औं जन्मजयन्ती कोलोराडो च्याप्टरले बिभिन्न कार्यक्रम र कबिगोष्ठीको साथ सम्पन्न गर्यो । सुदेश शर्माद्वारा संचालन गरिएको उक्त कार्यक्रम तीन चरणमा बाँडिएको थियो । कार्यक्रमको प्रथम चरण आशन ग्रहणबाट शुरु भएको थियो । आसन ग्रहण गर्नु हुनेहरुमा कार्यक्रमका सभापति ज्ञानेन्द्र गदाल (अध्यक्ष अनेसास केन्द्रिय कार्य समिती) प्रमुख अतिथी राजेश्वर आचार्य, बिशेष अतिथिमा बहु-बिश्व किर्तिमानधारी नेपाल पर्यटन बर्ष २०११ का सद्भावना राजदूत दीपक शर्मा बजगाइँ हुनुहुन्थ्यो । कार्यक्रमको संचालन सभापति, प्रमुख अतिथी, अतिथी र अन्य महानुभावहरुबाट देवकोटाको तस्बिरमा पुष्पार्पण गरिएको थियो । कार्यक्रमका संयोजक सुशिल त्रिपाठीले स्वागत मन्तब्य दिनु भएको थियो भने महाकबि देवकोटाको किर्ती तथा जीवनीमाथी डा.बिजय राज शर्माले प्रकाश पार्नु भएको थियो । यसै गरी गिनिज बुकका विश्वकिर्तिमानधारी तथा बिशेष अतिथी दीपक शर्मा बजगाइँले विश्व किर्तिमान सम्बन्धी आफ्नो उपलब्धीका बारेमा र देवकोटा जयन्ती सम्बन्धमा आफ्ना केही उद्गारहरु पनि ब्यक्त गर्नु भयो । यसैगरी बिशेष अतिथी तथा विश्वकिर्तिमान राख्न सफल हुनु हुने दीपक शर्मा बजगाइँले विश्व किर्तिमान राख्न सफल हुनु भएका बिधाहरुको परिचय दिँदै आचार्य प्रभाले सम्मान स्वरूप ( कोलोराडो च्याप्टरद्वारा दिइेएको ) खादा ओढाइ सम्मान गर्नु भयो ।
कार्यक्रमको दोश्रो चरणमा कोलोराडो च्याप्टरका नयाँ कार्यसमितिलाई बिजय राज शर्मा,साबु गदाल,रत्न भण्डारीले पदभार हस्तान्तरण गर्नु भएको थियो। कार्यक्रमकै सन्दर्भमा अनेसास कोलोराडो च्याप्टरका नव नियुक्त अध्यक्ष पदम विश्वकर्माले पद ग्रहण गर्नु हुँदै आफुमाथी आएको जिम्मेवारी र कोलोराडो च्याप्टरको साहित्यिक गतीबिधिलाई अझ स्तरिय ढंगले माथि लैजाने र नेपाली साहित्यको निस्वार्थ रूपले सेवा गर्ने बचन दिनु भयो । नव नियुक्त पदहरुमा अध्यक्ष पदम- विश्वकर्म,महासचिव- राजु सिटौला,सचिव- तारा अधीकारी र कोषाधक्षमा सम्झना आचार्य रहनुभएको छ । कार्यक्रमको तेश्रो चरणमा कबिता गोष्ठी कार्यक्रम सम्पन्न भयो । कबिता बाचन गर्नेहरुमा तारा अधीकारी,राजु सिटौला,तिर्थ बर्मा,सम्झना आचार्य,बासुदेव खनाल ,बिजय राज शर्मा, कमल भट्टराई,बिजयराज अधिकारी,पदम विश्वकर्मा ,केशब आचार्य,साबु गदाल,आचार्य प्रभा,ज्ञानेन्द्र गदाल हुनुहुन्थ्यो। कार्यक्रमको अन्तिममा प्रमुख अतिथिले छोटो मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम बिसर्जन भएको जानकारी दिनु हुँदै अनेसास केन्द्रिय अध्यक्ष श्री ज्ञानेन्द्र गदाल ज्युले आफुले ७ बर्ष सम्म अनेसास कोलोराडो च्याप्टरलाई गरेको योगदान र आफु केन्द्रमा रहे पनि कोलोराडो च्याप्टरलाई पूर्ण रूपमा सहयोग गर्ने र नयाँ आउने कार्य समितिलाई शुभकामना दिँदै कार्यक्रम समापन भएको जानकारी दिनु भयो। देवकोटा जयन्ती कार्यक्रमको प्रमुख आकर्षण भने नयाँ कार्य समितिलाई पद हस्तान्तरण र विश्वकिर्तिमान कायम गर्नुहुने युवा श्री दीपक शर्मा बजगाइंको उपस्थिती थियो ।